युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई • Image Khabar Image Khabar


युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई


Imagekhabar
१६ जेष्ठ २०७८, आईतवार ०७:०७

युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

एजेन्सी । यस वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ ।

पोर्चुगलमा गएराति भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन जर्मन खेलाडी काइ हाभर्ट्जले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा मेसन माउण्टको पासमा हाभर्ट्जले गोल गरेका हुन् ।

चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । पहिलो पटक फाईनलमा पुगेको सिटी भने उपाधि जित्न असमर्थ रह्यो ।

प्रतिक्रिया दिनुहोस्