२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नवलपरासीमा एचडीयु सञ्चाालनमा, उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्यो


0
Shares

हरि शर्मा

नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमितको उपचारका लागि एचडीयू सञ्चालन गर्न ७० लाख रुपैयाँ लागत लागेको छ । एचडीयूमा दुई चिकित्सक र १५ स्टाफनर्स गरी १७ स्वास्थ्यकर्मीहरु उपचारका लागि खटिएका छन् ।

जिल्लामा एचडीयू नहुँदा गम्भीर बिरामीहरु बुटवल, भैरहवा र चितवन जानु पर्ने बाध्यता थियो । ती स्थानहरुमा पनि बेड अभाव हुँदा उपचार पाउन समस्या भएपछि नगरपालिकाले एचडीयू सञ्चालनमा ल्याएको नगर प्रमुख भीम बहादुर थापाले बताउनु भयो ।

एचडीयूमा अहिले गम्भीर प्रकृतिका बिरामीहरुको उपचार भइरहेको छ । आइसोलेसन र एचडीयूमा अक्सिजन अभाव हुन नदिन नगरपालिकाले आफ्नै लगानीमा थप ६५ थान सिलिण्डर खरिद गरेको छ । नगरपालिकामा अहिले अक्सिजनको अभाव नरहेको नगर प्रमुख थापाले बताउनु भयो ।

स्वास्थ्य संस्थामा आउन नपर्ने तर अक्सिजन आवश्यक भएका बिरामीहरुका लागि सुनवल नगरपालिकाले औषधिसहित अक्सिजन घरमै पु¥याउने गरिएको नगर प्रमुख थापाको भनाइ छ ।

त्यसैगरी अन्यन्त्र पठाउनुपर्ने बिरामीहरुका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्थासमेत गरेको छ । आइसोलेसन र एचडीयूमा आउने सबै बिरामीहरु निको भएर घर जाने गरेको चिकित्सकहरुले बताएका छन् । बिरामीहरुका लागि अक्सिजनदेखि कुनै पनि औषधिको अभाव नहरको एचडीयू वार्डकी डा. सुरवी पुनले बताउनु भयो ।

पश्चिम नवलपरासीमा ७ स्थानीय तह छन् । जिल्लामा हरेक दिन कोरोना संक्रमितहरुको संख्या र मृत्यु दर बढ्दै गएको अवस्थामा कोरोना संक्रमित बिरामीहरुको सहज स्वास्थ्य सेवाका लागि अन्य पालिकाहरुले पनि एचडीयू सेवा सञ्चालन गर्न आवश्यक देखिएको छ ।