६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारीको निधन


0
Shares

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस संक्रमण भई झापाको विर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको हिजो निधन भएको हो ।

श्वासप्रश्बासमा समस्या देखिएका भण्डारीलाई भेण्टिलेटरमा राखी उपचार भइरहेको थियो । उहाँको पार्थीव शरीरलाई फिदिम–४ माझीटारस्थित हेंवा घाटमा नेपाली सेनाको रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।