
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण अभियान शुरु गरिएको छ ।
गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास, सेतिदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।
गाउँपालिका अध्यक्षले आफै बिरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्