
बैतडी । सरकारले सार्वजनिक गरेको बजेटमा बैतडीमा कृषि, पर्यटनदेखि खानी उत्खनन्सम्मका कार्यक्रम समावेश भएका छन् ।
हिजो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७८ / ७९ को बजेट सार्वजनिक गर्दै यी कार्यक्रम बजेटमा समावेश गरिएको जानकारी दिनुभएको हो । बैतडीमा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रम सञ्चालन हुने भएको हो ।
आगामी आर्थिक बर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको हो । जिल्लाको सतबाँझ लगायतका क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
यस्तै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरासुन्दरी भगवती मन्दिरको गुरुयोजना निर्माण हुने भएको छ । त्रिपुरासुन्दरी लगायत देशका महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणका लागि बजेट विनियोजन गरेको जनाइएको छ ।
त्रिपुरासुन्दरी एकपर्यटकीय गन्तव्यमा समेत पर्दछ । यसका साथै पाटन विमानस्थललाई थप स्तरोन्नती गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्