१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश १ र बाग्मती प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने


0
Shares

काठमाडौं । देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ , प्रदेश २ र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

प्रदेश १ र बाग्मती प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारि वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत अनुरोध गरिएकाे छ।

काठमाडाैंमा आज दिनभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाैंको आजको न्यूनतम तापक्रम १९ दशमलब ४.डिग्री सेल्सियस रहयो भने अधिक्तम .२८.देखि २९ डिग्री सेल्सियसकाबीच रहने छ । विहान सूर्योदय ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।