७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी , एमालेबाट चन्द्रबहादुर खड्का र कांग्रेसबाट दीर्घनारायण पाण्डे मैदानमा


0
Shares

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान शुरु भएको छ ।

आजको उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भईरहेको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमण भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको छ ।

निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ । बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी गराउनुभयो ।

आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन् । जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् । जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो ।