१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थाइल्याण्डका राजपरिवारबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं । थाइल्यान्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ ।

राजपरिवारको सहयोगमा स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमान हिजो त्रभुवन विमानस्थलमा अवतरण गरेको थियो । नेपालका लागि थाईल्याण्डका राजदूत भोसिता भोरासप्पले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

जसमा १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिइ गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग र ७ हजार थान पिपिइ रहेको छ ।

सामाग्री हस्तान्तारण कार्यक्रममा स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थित रहेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य सामाग्री सहयोगको अपिल गर्दै थाई नरेशलाई नेपाली राजदुतावास मार्फत पत्र पठाउनु भएको थियो ।