१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको चेम्बरको प्रतिक्रिया


0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ ।

चेम्बरले आगामी वर्षको बजेट सम्बन्धी धारणा सार्वजनिक गर्दै बजेट निजी क्षेत्रमैत्री भए पनि विषम परिस्थितिमा कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको जनाएको हो । चेम्बरले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्दै साना तथा मझौला उद्योग बचाउनुपर्ने धारणा अघि सारेको छ ।

कोभिडको समयमा अर्थतन्त्रको सबै क्षेत्र प्रभावित हुँदा बजेटमा सरकारले राखेको राजस्व असुलीको लक्ष्य पूरा हुन कठिन हुने तथा ६.५ प्रतिशतको आर्थिक वृद्धिद्धरको लक्ष्य पनि पूरा हुन कठिन हुने चेम्बरले जनाएको छ ।

यस्तै कोभिडबाट अत्याधिक प्रभावित होटल, ट्राभल, टे«किङ्क, यातायात तथा हवाई सेवा, चलचित्र उद्योगमा आयकर छुट तथा अक्सिजन ग्यास, लिक्वीड अक्सिजन, अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर लगायतका सामाग्रीहरूमा कर छुट दिनु सकारात्मक भएको चेम्बरकाे भनाइ छ ।

त्यसैगरी औषधि आयात, उत्पादन तथा विक्रि वितरणमा लाग्ने भन्सार महशुल, मु.अ.कर र अन्त: शुल्क २०७८ पौष मसान्त सम्म छुट हुनु, फर्म तथा कम्पनी नविकरणमा सहजीकरण गरिनुलाई करदातालाई सहज बनाएको छ ।

औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बाहिर सञ्चालनमा रहेका उद्योग औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण गरेमा आयकर गरिन सकरात्मक पहल भएको चेम्बरले जनाएको छ ।