
पाँचथर । फिदिम नगरपालिका–३ सुम्निामामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स आइतबार राति दुर्घटना हुँदा याङवरक गाउँपालिका–२ की ५० वर्षीया ममता राईको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटनामा परी याङवरक–२ का १९ वर्षीय हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाँउपालिका ३ का ५५ वर्षीय डोडकुमार राई घाइते भएका छन् । घाइते दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
एम्बुलेन्स चालक हिलिहाङ गाँउपालिका–२ सिंहपुरका २८ वर्षीय वीरेन्द्र धिताललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्