२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बाँकेमा कोभिडबाट ७ जनाको मृत्यु


0
Shares

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट बाँकेमा थप ७ जनाको मृत्यु भएको छ ।

आइतबार ४ बजेपछि सोमबार दिउँसो २ बजेसम्म नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा गरी थप ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको कोभिड पोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमणबाट बाँकेका दुई तथा सल्यान, कैलाली, दाङ, लमजुङ र दैलेखका एक–एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका ५० वर्षीया महिला र ८७ वर्षीय वृद्ध तथा दैलेखका ६० वर्षीय वृद्ध, लमजुङका ३१ वर्षीय पुरुष, दाङका ८३ वर्षीय वृद्ध, कैलालीकी ४० वर्षीया महिला र सल्यानका ५५ वर्षीय पुरुष रहेको वलीले बताउनुभयो ।

योसँगै बाँकेमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ सय ९१ पुगेको छ, जसमा अन्य जिल्लाका २ सय ८७ जना रहेका छन् ।