२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लुम्बिनीको राष्ट्रियसभा उप-निर्वाचनमा तीन मत मात्रै खस्न बाँकी


0
Shares

जेठ । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशको दाङ घोराहीमा जारी उप–निर्वाचनमा तीन मत मात्र खस्न बाँकी छ । तीनवटै मत स्थानीय तहका हुन् ।

तीनमध्ये राप्रपाको कमल थापा निकट बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले मतदान बहिस्कार गर्नुभएको छ । लुम्बिनी प्रदेशमा मतदानको सन्दर्भमा केन्द्रबाट कुनै जानकारी नआएकाले आफू निर्वाचनमा नगएको उहाँले बताउनुभयो ।

त्यस्तै अन्य दुई जना काठमाडौंमा उपचाररत रहेको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । उनीहरु दुवैजना रोल्पाक रहेको उहाँले बताउनुभयो ।

मतदानमा प्रदेशसभाका सबै सांसदको मत खसेको छ । उहाँका अनुसार अनुसार प्रदेशको ८३ र स्थानीय तहको २१४ मत खसिसकेको छ ।