
काठमाडौं । नेपाली कांग्रेसले नेता डा. मिनेन्द्र रिजालले सरकार अलोकप्रियताको सबैभन्दा गाहिरो विन्दुमा पुगेको टिप्पणी गर्नुभएको छ ।
आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण (बजेट)को विषयमा प्रतिक्रिया दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा पार्टीका नेता रिजालले सरकार अलोकप्रियताको गहिराइमा पुगेकाले बजेटमार्फत लोकप्रियता कमाउँछ कि भन्ने डर आफूहरूमा नरहेको बताउनुभयो ।
‘सरकार अहिले अलोकप्रियताको सबैभन्दा गाहिरो विन्दुमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘सरकार लोकप्रिय थियो कि, होला कि भन्ने हामीलाई चिन्ता छैन, हामीलाई देश र जनताको चिन्ता छ, कोभिडबाट जनतार्ला कसरी बचाउने, कोभिडले खस्किएको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने विषयमा हाम्रो चिन्ता छ ।’
डा. रिजालले सरकार कहिल्यै पनि वास्तविकताको धरातलमा नआएको आरोप लगाउनुभएको छ । जनता एउटा पीडामा भएको समयमा प्रधानमन्त्री शिलान्यास, उद्घाटनमा व्यस्त भएको उहाँको आरोप छ । प्रधानमन्त्री र अर्थमन्त्रीको निर्वाचन क्षेत्र तथा प्रधानमन्त्रीको नगरको नाम बजेटमा पढ्दा नागरिकको विवेकमाथि सरकारले अपमानित गरेको अनुभूति गरेको उहाँको भनाइ छ ।
डा. रिजालले अहिले बजेटमा दीर्घकालीन कुराहरू समावेश गर्नुभन्दा पनि केही महिना कोभिड–१९ बाट जनतालाई मुक्ति दिलाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले देखाउन लायक काम नगरे पनि जनताको टाउको दोब्बरभन्दा बढी ऋणको भार थोपरेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्