१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महामारीकै बीच डडेल्धुरामा रोपाइँ


0
Shares

डडेल्धुरा । कोरोना महामारीकै बीचमा डडेल्धुरामा रोपाइँ सुरु भएको छ ।

गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका कृषक यतिबेला रोपाइँमा जुटेका छन् । केही दिनअघि पर्याप्त वर्षा भएकाले जिल्लाका अधिकांश स्थानमा रोपाइँ सुरु भएको हो ।

रोपाइँका लागि गाउँमा पर्म लगाउनुका साथै अर्को टोलबाट खेताला खोजेर लगाइने प्रचलन भए पनि कोरोनाका कारण घरकै मानिस वा एउटै टोलका मानिसले मात्रै मिलेर रोपाइँ गरिरहेको कृषकको भनाइ छ ।