
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटका लागि कुवेत पुगेका सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि गएराति कुवेत पुगेको नेपाली टोलीको स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको हो ।
नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपे, २४ गते जोर्डन र २८ गते अष्ट्रेलियासँग खेल्ने छ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ । समूह ‘बी’ मा रहेको नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ ।
विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्