
काठमाडौं । कोभिड–१९को दोस्रो लहर फैलिन थालेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना बितेको छ । गत वैशाख १६ गतेदेखि एक साताका लागि लगाइएको निषेधाज्ञाको म्याद पटक–पटक थप हुँदै एक महिना लम्बिएको हो ।
संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानी भित्रिने नाकामा अनुगमन बढाएको छ । खाद्यान्न बोकेको सवारीलाई रोकिएको भन्ने खबर पाएपछि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनका लागि नागढुङ्गा नाका पुग्नुभएको हो ।
अनुगमनका क्रममा उहाँले अत्यावश्यक र खाद्य सामग्री बोकेका सवारीलाई आवागमन सहज गर्न निर्देशन दिनुभयो । दीपक श्रेष्ठको स्थलगत रिपोर्ट
प्रतिक्रिया दिनुहोस्