
हेटौंडा । बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
२०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएसँगै उपसभामुख राधिका तामाङले बैठक स्थगित गर्नुभएको हो ।
सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले भनाइ राखिसकेलगत्तै उपसभामुख तामाङले अर्को सूचना जारी नभएसम्म प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल
बागमती प्रदेशको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।
सोमबार बसेको प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेस गरेका थिए ।
अर्थमन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कोरोनालगायत प्राकृतिक र मानवीय विपत्ति न्यूनीकरण र उपचारलाई प्राथमिकता दिइने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्