
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनुभएको छ ।
सोमबार मन्त्रालयमा मातहतका कर्मचारीलाई योजना तथा कार्यक्रमहरू समयमा सुरु गरी छिटो परिणाम ल्याउन समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्री पौडेलले बजेटमा समावेश कार्यक्रमहरू समयमा सुरु गर्न कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी तयारी गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
यसैगरी नियमित रूपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने मन्त्रालयको योजना छ ।
प्रतिक्रिया दिनुहोस्