
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने दाबी गर्नुभएको छ ।
विपक्षी गठबन्धनले चुनावलाई प्रभावित पार्ने गरी बजेट ल्याएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै भोट आकर्षित गर्न घटिया काम नगर्ने तर्क गर्नुभयो ।
पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी वा व्यक्तिले चुनाव हार्ने नहार्ने भन्दा पनि लोकतन्त्रलाई जिताउने कर्तव्य सरकारको रहेको जिकिर गर्नुभयो ।
यो सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई चिर्न युवा संघलाई निर्देशन पनि दिनुभयो । आफुहरूले मिडिया हाउस स्थापना नगरेको भन्दै अहिले देखिएको मिसन पत्रकारिता घातक रहेको उहाँको आरोप थियो ।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल–झलनाथ खनाल लगायतका केही नेता आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न निर्लज्ज तरिकाले लागेको बताउँदै उहाँले विधि, पद्धति, प्रक्रिया भनेर खनाल–नेपाल पक्ष आत्मघाती तरिकाले प्रस्तुत भएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्