१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संक्रमितको उपचारमा कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन


0
Shares

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना संक्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको छ ।

मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह गर्नुभयो ।

सोमबार गृह जिल्ला आउनुभएका तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर डिसीसीएमसीसँग जिल्लाको समग्र कोभिड–१९ को अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशनसमेत दिनुभएको हो ।

तिमिल्सिनाले पर्वतको समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिनुभएको थियो । उहाँले महामारी जुनसुकै बेला पनि आउन सक्ने भएकाले दिर्घकालीन योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

तिमिल्सिनाले विकास निर्माणका कामलाई निरन्तरता दिन समेत आग्रह गर्दै कोभिडका कारणले काम हुन नसकेर बजेट फ्रिज हुन नदिने बातावरण बनाउन निर्देशन दिनुभयो ।

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधि उपकरण अभाव भएमा आफूलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गर्नुभयो ।

पर्वतमा दोस्रो लहरको कोरोना भाईरसवाट १२ सय भन्दा बढि संक्रमित भएकाले छन् भने ४४ जनाले ज्यान गुमाउका छन् ।