१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नाओमी ओसाकाले फ्रेञ्च ओपन छाडिन्


0
Shares

एजेन्सी । दोस्रो वरियताका टेनिस खेलाडी नाओमी ओसाकाले यस वर्षको फ्रेन्च ओपन छाडेकि छिन् ।

प्रतियोगिताको दौरान मिडियासँग कुराकानी नगर्ने अडान लिएकी ओसाकालाई आयोजकहरुले कारबाहीको चेतावनी दिएपछि अन्ततः प्रतियोगिता नैं छाडेकी हुन् ।

सन् २०१८ मा पहिलो पटक ग्राण्ड स्लाम जितेयता आफुले डिप्रेसनको सामना गरिरहेको जिकिर गर्दै ओसाकाले ट्वीटरमार्फत फ्रेन्च ओपन छोडेको घोषणा गरेकी हुन् ।

आइतबार रोमानियाकी प्याट्रिसिया मारियालाई सोझो सेटमा पराजित गरेपछि पत्रकार सम्मेलनमा अनुपस्थित भएकी ओसाकालाई आयोजकले १५ हजार अमेरिकी डलर जरीवाना लगाएका थिए ।

त्यसको एक दिनपछि चारै ग्राण्डस्लाम आयोजकले संयुक्त वक्तव्य जारी गरी सन्चारमाध्यमसँग कुरा गर्न नचाहनेलाई प्रतियोगिताबाट निष्कासन गर्ने तथा भविश्यका ग्राण्डस्लामबाट पनि निलम्बित गर्ने चेतावनी दिएका थिए ।

यही कारण ओसाकाले प्रतियोगिता छाडेको घोषणा गरेकी हुन् । फ्रेन्च टेनिस महासंघका अध्यक्ष जिलेस मोरेट्टोनले दोस्रो वरियताको खेलाडीले प्रतियोगिता छाड्नुलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् ।