२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने अन्यथा मान्नु हुन्न – योगेश भट्टराई


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले खोपका लागि राष्ट्रपतीको अग्रसरतालाई अन्यथा मान्न नहुने बताउनु भएको छ ।

भट्टराईले सामािजक सञ्जालमा लेख्दै सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु मान्न नहुने बताउनु भएको हो ।

‘सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न’, उहाँ लेख्नुहुन्छ, ‘खोपका लागि राष्ट्रपतीको सक्रियतालाई यसरी नै बुझ्ने की ?’

राजनीतिक बिषयमा राष्ट्रपतीको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको पनि बताउनु भएकाे छ ।

राष्ट्रपती विद्या देवी भण्डारी अन्तराष्ट्रियस्तरमा विभिन्न देशहरुसँग खोपको लागि आफै सक्रिय रहेर पहल गरिरहनु भएको छ । राष्ट्रपतिको यो कदमको सर्वत्र आलोना समेत भइरहेको छ । राष्ट्रिपतिले विभिनन देश अमेरिका रसियालगायतका देशसँग कोरोना विरुद्धको खोप मागिरहेकोप्रति राजनीतिक दृष्टिकोण हेरिएको छ ।