२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चीनले दिएको ८ लाख डोज खोप आज बेइजिङबाट काठमाडौं आईपुग्ने


0
Shares

काठमाडौं । चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाईरसविरुद्धको खोप आज काठमाडौं आईपुग्ने भएको छ ।

चिनले दिएको १० लाख डोज भेरोसेल खोपमध्ये ८ लाख डोज लिएर नेपाल एयरलाइन्सको विमान बेइजिङबाट काठमाडौं आउँदैछ ।

खोप लिन गएराति एयरबस ‘थ्रि–थर्टी’ बेइजिङ गएको थियो । खोप आजै अपराह्न काठमाडौं आइपुग्नेछ ।

राष्ट्रपति विद्या भण्डारीले चीनियाँ राष्ट्रपतिसँग टेलिफोन संवाद गरे लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

बाँकी दुई लाख डोज खोप कुनमिङबाट हिमालय एयरलाइन्सले आज र भोलि ल्याउनेछ । चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज खोप सहयोग गरिसकेको छ ।

यो खाप ज्येष्ठ नागरिकहरुलाई लगाउने सरकारको योजना छ । भारतसाग खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख डोज नेपाल आउनेबारे भने अझै पनि अनिश्चित छ ।