
पाचँथर । कोरोनाका संक्रमतिहरु दिनानुदिन थपिन थालेपछि थप कडाई गर्दे पाँचथरमा तीन सातादेखि जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएको छ ।
दूध तथा दूग्धजन्य पदार्थ, फलफूल र सागसब्जीका पसल बाहेक अन्य सवै पसलहरु एक साताका लागि आजबाट लागू हुने गरी जेठ २७ गते सम्मका लागि निषेधाज्ञा लम्बाइएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकपछि प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले कोभिड–१९ सङ्कट ब्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा जारी गर्नुभएको हो ।
निषेधाज्ञामा जिल्लाभरी औषधी पसल बाहेकका सबै पसलहरु, उद्योग, ब्यवसाय, निर्माण कार्य, सवारीका साधन समेत सञ्चालन तथा अनावाश्यक मानवीय आवागमनमा रोक लगाइएको छ ।
तीन साता लामो निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकेपछि निषेधाज्ञामा कडाई गर्न लागिएको हो । उद्योग र निर्माण समेत बन्द गर्ने र सो प्रयोजनका सवारीका साधन समेत बन्द गर्ने निषेधाज्ञासम्बन्धी आदेशमा उल्लेख छ । अत्यावश्यक बाहेक
प्रतिक्रिया दिनुहोस्