१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बैतडीको नाकामै कोभिड परीक्षण सुरु


0
Shares

बैतडी । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरूको कोरोना परीक्षण सुरु गरिएको छ ।

खोडपेमा हेल्थ डेस्क स्थापना गरेर मंगलबारदेखि एन्टीजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण सुरु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

मंगलबार रातिबाट थप गरिएको निषेधाज्ञामा यात्रुवाहक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै जिल्ला प्रवेश गर्न दिने आदेश जारी भएको थियो ।

हेल्थ डेस्कमा यात्रुहरूको कोरोना परीक्षण गरिने र पोजेटिभ आएकालाई आइसोलेसन राख्ने र नेगेटिभ आएकालाई घर जान दिइने पाण्डेले बताउनुभयो ।