१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कार्यदल अस्तित्वमा छैन, पर्यो भने फेरि गठन गर्छौं– प्रवक्ता ज्ञवाली


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताको लागि गठन भएको कार्यदल अस्तित्वमा नरहेको बताउनुभएको छ ।

मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले कार्यदलमा रहेका केही नेताहरू कारबाहीमा परिसकेको अवस्थामा कार्यदलको अस्तित्व नरहेको बताउनुभयो ।

प्रवक्त ज्ञवालीले आवश्यकताको आधारमा कार्यदल पुनः गठन हुनसक्ने बताउँदै अहिलेको अवस्थामा नेताहरूबीच व्यक्तिगत र समूहगत रूपमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

आफूहरूको तर्फबाट पार्टी एकता जोगाउनका लागि कोसिस भइरहेको जिकिर गर्दै उहाँले विपक्षीलाई प्रधानमन्त्री बनाउने मनसायमा रहेकाहरू पार्टीमा फर्किए पनि एकताको चाहना र प्रयासका बीचमा तालमेल नमिल्ने तर्क गर्नुभयो ।