
तस्विर फाइल
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको निर्वाचन आयोगमा बुझाइएको पत्रमा उल्लेख छ ।
आयोगमा दर्ता गरिएको पत्रमा जेठ १७ गते पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणीको बैठकले निष्कासनको निर्णय गरेको उल्लेख गरिएको छ ।
जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्