२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संवैधानिक इजलास नछाड्ने र छाड्नुपर्ने मत राख्ने न्यायाधीशहरूको यस्तो छ तर्क


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासमा विवाद भएपछि सर्वोच्च अदालतले अर्को सुनुवाइको पेशी जेठ २३ गतेलाई तोकेको छ ।

मंगलबार संवैधानिक इजलासमा प्रश्न उठेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि फैसलाका कारण इजलास छोड्न नपर्ने राय दिएका थिए । नेकपा विभाजको मुद्दा र प्रतिनिधिसभा विघटको मुद्दा फरक भएको तर्क गर्दै उनीहरूले इजलास छाड्न नपर्ने राय दिएका हुन् ।

यस्तै, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश आनन्दमोहन भट्टराईले संयुक्त राय राख्दै अहिलेको परिस्थिति फागुन २३ कै फैसलाको सह–उत्पादन भएको राय दिएका छन् । फागुन २३ को फैसला र अहिले भएको बहसको सोझो र सिधा सम्बन्ध रहेको जिकिर गर्दै उनीहरूले न्यायीक स्वतन्त्रता र इजलासको निष्पक्षताको लागि मुद्दाको सुनवाईबाट न्यायाधीश द्वय केसी र श्रेष्ठ अलग भए उचित हुने राय पेश गरेका छन् ।