१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो


0
Shares

काठमाडौं । चीनले सहयोग स्वरूप उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको जहाजले आज खोप ल्याएको हो ।

खोप लिनका लागि निगमको जहाज सोमबार राति बेइजिङ्ग गएको थियो । ८ लाख डोज भेरोसेल खोप लिएर निगमको वाइडबडी जहाज अपरान्ह विमानस्थल अवतरण गरको हो ।

चीनका राष्ट्रपति सी जिनपिङ्गले १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोही प्रतिबद्धता अन्तर्गतको ८ लाख खोप आज ल्याइएको हो ।

बाँकी दुई लाख डोज खोपमध्ये एक लाख डोज मंगलबार नै हिमालय एयरलाइन्सको जहाजमार्फत ल्याउने तयारी छ भने बाँकी एक लाख डोज पनि बिहीबारसम्म ल्याइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा नेपालमा खोप अभाव झेल्दै आएको छ । खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सक्रियता बढाउँदै आउनुभएको छ । उहाँले अमेरिका, बेलायत र रुसलाई खोप सहयोगका लागि पत्राचार गरिसक्नुभएको छ ।

अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।