
काठमाडौं । मंगलबार पनि शेयर बजारमा ११ अंकको गिरावट आयो । सोमबार ४५ अंकले ओरालो लागेको शेयर बजारमा यस दिन पनि सामान्य करेक्सन जारी रहेको हो ।
उतारचढावबीच बजार परिसुचक नेप्से ११ अंकले ओरालो लागेर २७ सय ७१ विन्दुमा आएर थामिएको छ । यस दिन कारोबार रकम पनि ८ अर्बमा खुम्चिएको छ । कारोबार भएका अधिकाशं समूहमा गिरावट आयो ।
मंगलबार विकास बैंक, वित्त र अन्य समूह सामान्य अंकले हरियो रहे पनि अन्य सबै समूह रातो रहे । जीवन बीमा समूह १ सय ७६ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समूह पनि १ सय २३ अंकले झर्यो । वाणिज्य बैंक, व्यापार, होटल तथा पर्यटन र लघुवित्त समुह पनि दोहोरो अंकले ओरालो लागे ।
यसदिन ४९ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३० कम्पनीको शेयर मूल्य घट्यो । कालिका पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा दिव्यज्योती हाइड्रपावरका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् ।
२ सय १६ कम्पनीको १ करोड ९७ लाख कित्ता शेयर किनबेच हुँदा मंगलबार ८ अर्ब ५९ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्