१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भीम अस्पतालमा थप १५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा


0
Shares

भैरहवा । सेवा इन्टरनेशनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवाको केशवधाममा १५ शय्याको कोभिड आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

हिन्दु स्वयंसेवक संघ, नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा १५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

आइसोलेसन सेन्टरको मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्दै विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेसन सेन्टर निर्माण गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो ।

आफू स्वास्थ्यमन्त्री नभए पनि प्रदेश सरकारको मन्त्री भएकोले आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।