१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा दुई अस्पताललाई भेन्टिलेटर सहयोग


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्रका दुई अस्पताललाई आइसीयू भेन्टिलेटर सहयोग गरेको छ ।

मंगलबार महानगरले काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड –१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको लागि दुई–दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो ।

भेन्टिलेटर प्रदान गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउने आशा गरेको बताउनुभयो ।

महानगरले कोभिड संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका अस्पताललाई ४२ र भक्तपुरमा ३ गरी ४५ भेन्टिलेटर उपलब्ध गराउने सम्झौता गरेर काम अघि बढाएको शाक्यले जानकारी दिनुभयो ।