१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजद्वारा स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार


0
Shares

काठमाडौं । कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटिरहेका स्वास्थ्यकर्मीहरूलाएै कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजले एक करोड रुपैयाँको सम्मान गर्ने भएको छ ।

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १ सय जना स्वास्थ्यकर्मीहरूलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।

कोरोना संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरूले सहयोग गर्न अगाडि आएको अध्यक्ष घिमिरेकी छोरी अदिती घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ ।