
काठमाडौं । नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३ हजार १८ एन्टीजेन परीक्षणमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय ९८ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्