१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्तव्य ज्यान, करणी र अप्राकृतिक मैथुका ५ फरार प्रतिवादी पक्राउ


0
Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादी अप्रेसन कार्यक्रमअन्तर्गत जघन्य अपराधका पाँच जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका ३, जबरजस्ती करणी मुद्दाका १ र अप्राकृतिक मैथुन मुद्दाका १ फरार अभियुक्तहरू एकैदिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

रुपन्देही जिल्लाअन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ वैशाख १ गतेदेखि सञ्चालन गरेको थियो ।

फरार प्रतिवादीविरुद्धको अप्रेसन कार्यक्रमअन्तर्गत जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका १६ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ ।