कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन • Image Khabar Image Khabar


कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन


Imagekhabar
१८ जेष्ठ २०७८, मंगलवार १९:३०

कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड नियन्त्रणमा सहयोग गर्न इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन गरेको छ ।

बायोमेडिकल ईञ्जिनियरहरूको स्वयंसेवी समुह बनाएर परिचालन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति मार्फत जानकारी दिनुभएको होे । उहाँले कोरोना उपचारमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू गरिएको बताउनुभयो ।

अभियानअन्तर्गत कोरोनाको उपचारमा जरुरी मेडिकल उपकरणहरुको प्रयोगमा देखिएको दक्ष जनशक्ति अभावको समस्या टार्ने, अत्यावश्यक उपकरणहरुमा खराबी उत्पन्न हुँदा त्यसलाई मर्मत गर्ने गरी केन्द्रीय रेस्पोन्स टिम १५ वटा र सातै प्रदेशमा अलग अलग समिति बनाइएको छ ।

कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन
कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन
कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन
कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन
प्रतिक्रिया दिनुहोस्