
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी भएको छ ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको छलफलले निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालेको हो ।
निषेधाज्ञा थप्ने आदेश भने भोलिमात्रै जारी हुने जनाइएको छ । २१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारु गर्ने तयारी भएको जनाइएको छ । जारी निषेधाज्ञालाई अझ व्यवस्थित गरेर खाद्यान्न सामाग्रीका लागि भने सहज व्यवस्था गरिने भएको छ ।
आयोजनाका कार्यथलोमै कामदारहरूलाई राखेर सुरक्षाका मापदण्ड पालना सहित निमार्णका काम सुचारु गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । उपत्यकामा अहिले खाद्यान्नको पसल समेत खोल्न नपाइने गरि कडा निषेधाज्ञा जारी छ ।
प्रतिक्रिया दिनुहोस्