१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुने


0
Shares

काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अहिले प्रदेश १ लगायत पहाडी भु-भागमा आंशिक बदली र देशका अन्य भू-भागहरु मौसम सामान्यतया सफा रहेको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुराेध समेत गरिएकाे छ ।