
काठमाडौं । काठमाडौं उपत्यकामा पर्सिदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिने भएको छ ।
खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान १० बजेसम्म खोल्न दिने तयारी गरिएको छ ।
यसैगरी पूर्वाधार निर्माण कार्य पनि खुला गर्ने तयारी छ । उपत्यकाका तिन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरुको हिजो बसेको बैठकले लकडाउन खुकुलो बनाउँदै जेठ मासन्तसम्मै लम्ब्याउने तयारी गरेको हो ।
यसको औपचारिक निर्णय आज गरेपछि आदेश जारी हुने काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले बताउनुभयो । निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ ।
कोरोना संक्रमणको जोखिम अझै यथार्वत रहेकाले निषेधाज्ञा केही खुकुलो पारेर १० दिन थप्नेमा तयारी गरिएको हो । निषेधाज्ञा थप्ने विषयमा आज तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दैछ ।
हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । अब भने मजदुरहरुलाई निर्माण क्षेत्रभित्रै राखेर निर्माणको काम सुरु गर्न लागिएको हो । सार्वजनिक सवारी भने अझै केही सयम नखुल्ने बताईएको छ ।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ भने यसअघि, थप गरिएको निषेधाज्ञा भोलि सकिदैछ ।
प्रतिक्रिया दिनुहोस्