२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासीमा रहेकाे चाैधरी उद्योगमा आगलागी, करोडौंको क्षति


0
Shares

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ ।

उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक प्रकाश मल्लले जानकारी गराउनुभयो ।

बिहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् ।

आगो निभाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीसहित स्थानीयहरु पनि खटिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभया । गोदामको ठूलो भवनलाई भत्काएर आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन प्रयास भइरहेकाले क्षतिको विवरण आउन बांकीनै रहेको प्रहरीले जनाएको छ ।

गोदाभित्र रहेका सबै बियर नष्ट भएकाले करडौंको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ ।