
काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग गर्न जुम्ला पुगेकाे छ ।
एनआरएनए अफ्रिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना २४ अड्डा बाहिनीका बाहिनी पति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गर्नु भयो ।
कोरना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भए पछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन । यी बिपतमा जुम्ला पुगेको पुगेको एनआरएनएको यो पहिलो राहत हो ।
यसका लागि आर्थिक सहयोग रुपारेलिया फाउन्डेसन युगान्डाले गरेको छ । साथै फ्रान्सबाट पत्रकार अनुराधा पौडेल , एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेल र अछामका पत्रकार वेदप्रकाश तिमिल्सिनाले थप सहयोग गरेका छन ।
सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समिति का लागि एनआरएनए एनसीसी युगान्डा र स्थानीय ब्याबस्थापन सहयोग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो ।
प्रथम चरणको उक्त अक्सिजन सहितको ७० लिटरका दस थान सहयोग हस्तान्तरण गर्दै बाहिनी पति यामबहादुर सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताउनु भयो ।
उहाँले कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली , एनआरएनए र रुपारेलिया फाउन्डेसनलाई आभार व्यक्त गर्नुभयो ।
अस्पतालका निर्देशक डा । राजीव शाहले यी सिलिन्डरले कर्णालीका बिरामीलाई निकै राहत पुग्ने बताउनुभयाे । अब अस्पताल सङ्ग २१० सिलिन्डर हुने र एउटा सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए । उनले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आबश्यक रहेको बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्