२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा गर्न पौडेल समूहको दबाब


0
Shares

deuba poudel meet

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमै गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले दबाब बढाएको छ ।

महाधिवेशनको प्रक्रिया तत्काल सुरु गर्न यो समुहले पार्टी सभापति शेर बहादुर देउवासँग माग गरेको छ ।

कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित मिति भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्न सकिने पौडेल पक्षको बुझाई छ ।

पौडेल पक्षका नेताहरुको हिजो भएको भर्चुअल छलफलले सभापति देउवालाई दबाब दिने निष्कर्ष निकालेको हो ।

महाधिवेशनका लागि पार्टी सभापतिसँग कुराकानी गर्ने जिम्मा महामन्त्री शशांक कोईरालालाई दिइएको छ ।

कांग्रेसको अहिलेसम्म ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकेर सफ्टवेयरमा दाखिला भइसकेको छ ।

सिन्धुपाल्चोक, सप्तरीलगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण सकिएको छैन भने केही जिल्लामा विवाद छ ।

पौडेल समुहले विवादित सदस्यता थाती राखेर भएपनि महाधिवेशनमा जानुपर्ने अडान लिएको छ ।

कांग्रेसमा अहिले ७ लाख ६१ हजारभन्दा बढी क्रियाशील सदस्य पुगिसकेका छन् ।

७७ जिल्लामै क्रियाशील वितरण सकिने हो भने यो संख्या करिब १० लाख पुग्छ ।