नासाले शुक्रग्रहमा २ वटा यान पठाउँदै • Image Khabar Image Khabar


नासाले शुक्रग्रहमा २ वटा यान पठाउँदै


Imagekhabar
२० जेष्ठ २०७८, बिहीबार ०९:१२

नासाले शुक्रग्रहमा २ वटा यान पठाउँदै

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ ।

सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ ।

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको हो ।

ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन् । मङ्गल ग्रहमा नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो ।

नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्