१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणका कारण जसपाका केन्द्रीय सदस्य चौधरीको निधन


0
Shares

कपिलवस्तु । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य राम विकास चौधरी (बड्कु)को निधन भएको छ ।

कपिलवस्तुको बिजयनगर गाउँपालिकाका ७ निवासी चौधरीको गए राति निधन भएको हो ।

विगत १ महिना देखि बिरामी भई उपचाररत रहेका चौधीरीको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संंक्रमित रहेका चौधरीलाई श्वासप्रश्वाममा समस्या भएपछि विजयनगर गाउँपालिका ७ का वडाध्यक्ष दिनेश चौधरीले एम्बुलेन्सको व्यावस्थापन गरि उपचारको लागि कपिलवस्तु जिल्ला अस्पताल पठाउनु भएको थियो ।

केही समय त्यहा उपचार भएपछि कोरोना नेगेटिभ आएपनि स्वास्थ्यमा भने सुधार आएको थिएन ।

चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआए पछि भारतको लखनऊ स्थित शहर अस्पतालमा लगिएको थियो ।

उक्त अस्पतालमा कोरोना परिक्षण गर्दा पुनः पोजेटिभ देखिएको थियो ।

उहाँको उपचार कै क्रममा मृत्यु भएको जसपा केन्द्रीय सदस्य रवि दत्त मिश्राले जानकारी दिनुभयो ।