
सर्लाही । पछिल्लो समय सर्लाहीमा आकाशमा बादल मडारिए वा सामान्य हावा चल्दा पनि विद्युत् अवरुद्ध हुन थालेको छ ।
जिल्लाभरि नै अहिले सर्वसाधारणले विद्युत् कटौतीको सास्ती बेहोरिरहेका छन् । पटक–पटक विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ ।
निषेधाज्ञाका कारण सुरु भएको अनलाइन कक्षा समेत प्रभावित भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रस्थित हरिपुर सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा बत्ती गइरहने र मलंगवा वितरण केन्द्रमा बत्ती भएको बेला भोल्टेज नआउने समस्या देखापरेको हो ।
रौतहटको चन्द्रपुरबाट आएको ३३ केभीए प्रसारण लाइन करिब १२ किलोमिटर जंगल क्षेत्रमा पर्छ ।
जसका कारण समान्य हावा चल्दा पनि रूखका हाँगाबिँगाले विद्युत् तारलाई छोइदिँदा समस्या आउने गरेको प्राधिकरणले जनाएको छ ।
जंगल क्षेत्रको मर्मत गर्न पनि समस्या हुँदै आएको प्राधिकरणको भनाइ छ ।
सबस्टेसनमा आइपुगेको विद्युत् वर्षा र हावाहुरीका बेला विभिन्न फल्ट भएर उपभोक्ता घरमा पु¥याउन कठिनाइ भइरहेको लालबन्दी वितरण केन्द्रका प्रमुख सुधीर रायले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्