१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लागू औषध र भरुवा बन्दुकसहित बागलुङमा दुई युवा पक्राउ


0
Shares

बागलुङ । लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेका छन् ।

ढोरपाटन नगरपालिका ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको टोलीले दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो चरेस, ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ढोरपाटन नगरपालिका–४ भाङ्गीका ३४ वर्षीय जित बहादुर पुन र सोही गाउँका ३८ वर्षीय डम्बर बहादुर पुनलाई पक्राउ गरेको हो ।

सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुको साथबाट चरेस, गाँजाको धूलो र भरुवा बन्दुक जफत गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

जितबहादुरको घरबाट साढेँ २ किलो गाजाँको धुलो र डम्बर बहादुरको घरबाट २ किलो २ सय ग्राम चरेस, साढेँ ४ किलो गाजाँको धुलो र एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक वन्तले बताउनुभयो।