१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना कहरमा प्यूठानका किसानलाई धान रोप्न भ्याइ नभ्याइ (भिडियोसहित)


0
Shares

राजेश जीसी
प्युठान । मानो रोपेर मुरी फलाउने यो समय प्यूठानका कृषकलाई धान रोप्न भ्याइ नभ्याइ छ । कोरोना भाइरसका कारण देशमा लक डाउन गरिए पनि प्यूठानका कृषकलाई भने धान रोप्ने चटारो बढेको छ ।

प्यूठानको झिमरुक फाँट तथा आसपासका क्षेत्रमा यति बेला किसानहरु धान रोप्न ब्यस्त देखिन्छन् । मानो रोपेर मुरी फलाउने यो समयमा प्यूठानका अधिकांस किसानहरु धान रोपाइ गर्ने चटारोमा छन् ।

खाद्यान्न उत्पादनको आधाभन्दा बढि हिस्सा ओगटेको प्यूठानको झिमरुक फाँट, मच्छी, बरौला लगायतका स्थानका किसानलाई रोेपाइ गर्न भ्याइनभ्याइ छ ।

विश्वभरी महामारीका रुपमा कोरोना भाइरसको दोस्रो रहर फैलिएपछि जिल्लालाई बन्दाबन्दी गरिएको छ ।

प्यूठानमा बैशाख अन्तिम देखि रोपाइ सुरु गरिन्छ । मानो रोपेर मुरी फलाउने समयमा कोरोनाको दोस्रो लहर फैलिएपछि स्वास्थ्य सुरक्षा अपनाएर रोपाइ गरेको किसानहरु बताउछन् ।

कूल ४२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये प्यूठानमा ६ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । प्यूठानमा अहिले कूल क्षेत्रफलको ५५ प्रतिशत क्षेत्रफलमा रोपाइ भइसकेको छ ।

जेठ अन्तिमसम्ममा ८५ प्रतिशत रोपाइ सकिन्छ भने बाँकी टारी खेतमा असार र साउनमा रोपाइ हुन्छ ।

प्यूठानको झिमरुक खोला र लुङ्गखोलाको आसपासमा धान रोपाइ हुने गरेको छ । गौमुखीको ठुलाबेसीदेखि झिमरुक र माडीको संमगस्थल ऐरावतीसम्मै धान रोपाइ हुन्छ ।

अघिल्ला दुई वर्ष प्यूठान जिल्लामा धान उत्पादन बढेको तथ्यांक छ । ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइ हुने प्यूठानमा २०७५ सालमा प्रतिहेक्टर ३.८७ मेट्रिकटनका दरले २५ हजार ३ सय ४८ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यस्तै गतवर्ष भने ३.८७ प्रतिशतबाट बढेर ४ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ । जसले गर्दा धान उत्पादन पनि बढेको छ ।

गएको वर्ष ९५ प्रतिशत क्षेत्रफलमा रोपाइ भएकोमा २६ हजार २ सय मेट्रिकटन धान उत्पादन भएको थियो । प्यूठानमा चैते धान पनि रोप्ने गरिन्छ ।

मानो रोपेर मुरी फलाउने यो समय किसानका लागि महत्वपूर्ण समय हो । सरकारले उन्नत बिउ र मलका साथै सिचाईको राम्रो व्यवस्था गरिदिने हो भने खाद्यान्नमा नेपाल आत्मनिर्भर हुनेमा दुईमत छैन ।