१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यूरो कपलाई लक्षित गर्दै डिसहोमद्वारा ‘मेरो मनको दोस्रो देश’ अभियान सुरु


0
Shares

काठमाडौं । नेपालको एकमात्र डिचिएच कम्पनी डिसहोमले ‘मेरो मनको दोस्रो देश’ नामको नयाँ अभियान सुरु गरेको छ ।

यूरो २०२० का फुटबल प्रेमी दर्शकहरूलाई लक्षित गरी डिसहोमले आफ्नो नयाँ अभियान मेरो मनको दोस्रो देश सुरु गरेको हो । गत वर्ष महामारीका कारण रद्द गरिएको यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम सम्पूर्ण रूपमा तयार रहेको जनाएको छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्ने जनाएको छ । सामाजिक सञ्जालहरूमा यो अभियानलाई ट्रेन्ड गराइ थप रोमान्चकारी बनाइने र यस अन्तर्गत फ्यानहरूले आफूले समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्ने कम्पनीले जनाएको छ ।