१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जबरजस्ती गरे आन्दोलन गर्ने संघको चेतावनी, परिमार्जन नगरी सहभागी नहुने अडान


0
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ ।

सामाजिक सुरक्षा कोषले एक सूचना जारी गर्दै २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचिकृत हुनका लागि निजी तथा संगठित संस्थाहरूलाई आग्रह गरेको थियो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले खाईपाई आएका सेवासुविधा कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै संघले गम्भीर ध्यायनकर्षण भएको जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आकर्षक हुनेगरी योजना नल्याइ षड्यन्त्रमूलक र दुरासयपूर्ण किसिमले कर्मचारीहरूलाई मर्का पर्ने तरिकाले सामाजिक सुरक्षा योजनामा लान खोजिएकोले आफुहरू विरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताउनुभयो ।

कोभिड महामारीको कारणले बैंक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो बेला कोषमा सूचिकृत हुन नसकिने संघले जनाएको छ । जर्बजस्ती समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले चेतावनी दिनुभएको छ । विद्यमान व्यवस्थाहरू परिमार्जन नगरी कोषमा सहभागी नहुने संघको अडान छ ।