१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु


0
Shares

कैलाली । सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जना म्यूकोर्माइकोसिस (कालो ढुसी) को संक्रमितको मृत्यु भएको छ ।

जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनमा लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पतालले जनाएको छ ।